असार २३, २०८२ सोमबार July 7, 2025

सिद्धार्थ बैंककाे सहुलियत ‘महिला उद्यमशील कर्जा’ योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागी १५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ।

सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रदान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफ्नो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ।

महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु-याउने बैंकको विश्वास रहेको छ। बैंकका अनुसार यस कर्जा योजनाका प्रमुख आकर्षणहरूमा ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाख सम्म) प्राप्त हुनेछ।

यस्तै, वार्षिक ६.०२ प्रतिशतसम्मको आकर्षक ब्याजदर, प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा तथा ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने बैंकले जनाएको छ।

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टदरा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो।

सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया