श्रावण ३, २०८२ शनिबार July 19, 2025

न्यादी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँट हुँदैः २१ लाख ४८ हजार आवेदकको हात खाली हुने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आइपीओ आज शुक्रवार विहान बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गत मंगलवार कम्पनीको आईपीओको प्रि अलोटमेण्टको काम सकिएकाले शुक्रवार बिहान ९ बजे बाँडफाँट हुने जानकारी गराएको हो । कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कुल कित्तामध्ये ४५ हजार कित्ता कर्मचारीको लागि,१ लाख १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा २३ लाख ५७ हजार १६६ जना आवेदकबाट रू. २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन परेको छ ।

उक्त आवेदन सर्वसाधारणलाई निष्कासन गरेकोको १४ दशमलव शून्य ९ गुणा बढी हो । यस अनुसार २ लाख ९ हजार २५० जना आवेदकले मात्रै गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया