श्रावण ३, २०८२ शनिबार July 19, 2025

सिभिल बैंकमा चरम बेथिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिभिल सेभिङ एण्ड क्रेडिट कोपरेटिभ लिमिटेडमा बचतकर्ताहरुको निक्षेप रकम घोटाला गरेको अभियोगमा गत असोज १८ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङसहितका १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तामाङ हाल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा रहेका छन् ।

उनीविरुद्ध हाल संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गर्न दोस्रो पटक १८ दिन म्याद थप भइसकेको छ । यसअघि अनुसन्धानको लागि पहिलोपटक पाँच दिनको लागि म्याद थप भएकोमा हालसम्म तामाङउपर अनुसन्धान गर्नको लागि २३ दिनको लागि म्याद थप भएको छ । सिभिल बैंकका अध्यक्ष तामाङविरुद्ध यही कात्तिक ५ गते शुुक्रबारसम्ममा ११ सय ६७ जनाले चार अर्ब ६६ करोड १५ लाख ८२ हजार दुुई सय रुपैयाँ दाबीसहित उजुरी दिइसकेका छन् । यो अवस्थामा इच्छाराज तामाङ पक्राउ प्रकरणको असर तामाङ नै अध्यक्ष रहेको सिभिल बैंकमा पनि देखिन थालेको छ । सिभिल बैंकमा तामाङकै अध्यक्षतामा अम्बिर बोगटी, प्रकाश तायल, प्रतापजंग पाण्डे, भीमानन्द ढुंगाना, युगेश बहादुर मल्ल र शम्भुु प्रसाद पन्तसहितको सात सदस्यीय सञ्चालक समिति छ । तामाङ पक्राउ परेसँगै अहिले तामाङको नाउँमा सिभिल बैंकमा रहेको संस्थापक सेयर कसले लिने, सञ्चालक समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा नयाँँ हानथाप सुरु भएको छ ।

बैंक उच्च स्रोतका अनुसार यो हानथाप विशेष गरी सोही बैंकमा पहिला अध्यक्ष समेत भइसकेका अम्बिर बोगटी र प्रताप जंग पाण्डेको बीचमा भएको छ । यो समूह जुनसुकै हतकण्डा अपनाएर पनि आफू अध्यक्ष हुुनुपर्ने भन्दै लबिङमा उत्रिन थालेको छ भने अर्कोतर्फ यही समूहले सञ्चालन एवं व्यवस्थापन समिति र कर्मचारीहरु, सेयर लगानीकर्ताहरुमा पनि गुटबन्दीको अवस्था सिर्जना गराएको छ । सञ्चालकहरुबीच भएको यो विवाद सिभिल बैंक स्वयं भने मान्न तयार छैन । ‘बैंकको अध्यक्ष बैंकसँग नजोडिएको छुट्टै संस्थाको नाउँमा भएको कारोबारमा पक्राउ पर्नुभएको छ, यो साँचो तर अध्यक्ष तामाङ पक्राउको असर बैंकमा अहिलेसम्म परेको छैन, सायद पर्दैन पनि होला’, बैंक स्रोत भन्छ । यता नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल पनि अभियोग लाग्दैमा बैंकको अध्यक्ष पद छोड्नुपर्ने भन्ने किसिमको कानुनी व्यवस्था नभएको बताउँछन् ।

‘अभियोग लाग्दैमा पदबाट राजीनामा दिनुुपर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) छैन, अभियोग तथा प्रमाणित हुुनुप¥यो नि !’, ढकालले आर्थिक दैनिकसँग भने, ‘प्रमाणित भएको खण्डमा मात्र पद छाडेर निकास दिने हो, यसकारण अहिले नै अभियोग लागेको कुुनै पनि व्यक्तिले पद त्यागिहाल्नुपर्छ भन्ने छैन ।’

बैंकको सञ्चालक अर्थात् भनौँ अध्यक्ष नै रहेको व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवनमा बैंकको केन्द्रीय कार्यालय राख्न पाउँछ त ? भन्ने प्रश्नमा भने प्रवक्ता ढकालले फरक मत राखे । हाल सिभिल बैंकको केन्द्रीय कार्यालय रहेको न्युरोडको सीटीसी मल सिभिल बैंककै अध्यक्ष इच्छाराज तामाङको स्वामित्वमा रहेको भवनमा रहेको हो र आफ्नो स्वार्थ बाझिने भवनमा बैंकको केन्द्रीय कार्यालय राखेको विषयमा प्रवक्ता ढकालले यसबारे ‘बुझ्ने’ बताए । ‘कुुनै पनि बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले आफ्नो स्वामित्वमा रहेको भवनमा बैंक तथा वित्तीय संस्थाहरुका कार्यालय राख्दा स्वार्थ बाझिने हुुन्छ, यस्तो गर्न पाइँदैन, यदि सिभिल बैंकको हकमा त्यस्तो भएको छ भने हामी यस बारेमा बुझ्छौँ’, प्रवक्ता ढकालले भने । आर्थिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार