श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कसरी हुँदैछ एमालेको गाउँ नगर अधिवेशन ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः दसौं राष्ट्रिय महाधिवेशनको तयारी रहेको एमालेले मंगलबार देशभरका सबै स्थानीय तहको अधिवेशन गर्ने भएको छ । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो एक बजे माइतिघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । बाढीपहिरोका कारण प्रभावित भएका बाहेक सबै पालिकाको अधिवेशन एकै पटक आयोजना गरेर नयाँ नेतृत्व छनोटका लागि एमाले तयार देखिएको छ ।

‘केन्द्रीय कार्यलयबाट अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे भर्चुअल माध्यमबाट सबै पालिका अधिवेशनको उद्घाटन गर्नु हुनेछ,’ एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए, ‘७ सय ५३ वटै स्थानीय तहको अधिवेशन एकै पटक गर्ने तयारी हो । बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा मंगलबार हुने हो । कहाँ–कहाँ स्थगित गर्ने भनेर निर्णय स्थानीय र जिल्ला कमिटीले गर्नेछ ।’

एमालेमा मंगलबार ६ सयभन्दा बढी स्थानीय तहको नेतृत्व छनोट हुने अपेक्षा गरिएको छ । एमाले विधान अनुसार गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ सदस्य रहेको कमिटी गठन गर्नसक्ने व्यवस्था छ । त्यसैगरी उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ । सो कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उप सचिव १-१ जना निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

देश संघीय संरचनामा गएपछि र राजनीतिक दल सम्बन्धी नयाँ कानुनमा रहेको व्यवस्थाअनुसार एमालेले नेतृत्व छनोट गर्न लागेको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले राजनीतिक दलहरुको कमिटीमा महिलाको संख्या ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

एमालेले गत शनिबार एकै पटक देशभरको ६ हजार ७ सय ४३ वडा अधिवेशनको आयोजना गर्दै नेतृत्व छनोट गर्ने तयारी गरेको थियो । बाढी पहिरोको कारण स्थगित भएको बाहेक करिब ६ हजार वडाको नेतृत्व छनोट गरिएको दाबी एमालेले गरेको छ । जसमा अधिकांश स्थानमा नेतृत्व सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।

गत असोजमा ललितपुरको गोदावरीमा भएको पहिलो विधान महाधिवेशनबाट पारित गरेको विधानअनुसार स्थानीय तहको पार्टी नेतृत्व छनोटका लागि महाधिवेशन भएको हो ।

‘पार्टीको विधानअनुसार नयाँ कमिटीहरुको गठन भएका छन् । पालिका कमिटीपछि राष्ट्रिय महाधिवेशनपछि मात्रै अन्य कमिटीको अधिवेशन गर्ने गरी तयारी छ,’ तामाङले भने । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा दसौं राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ । चितवनको स्थानीय कमिटीले भने नारायणी नदीको किनारामा महाधिवेशनको उद्घाटन र पर्यटकीय क्षेत्र सौराहमा बन्द सत्र गर्ने प्रस्ताव केन्द्रमा पठाएको छ ।कान्तिपुर दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार