श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए ।

सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् ।

तपाईंहरूले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईंहरूले पनि राजीनामा दिने भए म पनि दिन्छु,’ प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूसँग भने, ‘सडकबाट कसैले राजीनामा माग्दैमा म दिन्नँ, म आफ्नो संवैधानिक दायित्वमा बस्छु ।’

साथै, प्रधानन्यायाधीश राणाले आफू संवैधानिक प्रक्रियाबाट आएकाले न्यायाधीशहरूले राजीनामा माग्दैमा खुरुक्क दिने पक्षमा नरहेको बताए । तीन दिनदेखि इजलास बहिष्कार गर्दै न्यायाधीशहरू छलफलमा जुटिरहेका छन् ।

प्रधानन्यायाधीशको राजीनामालाई एक सूत्रीय माग बनाएर दबाब सिर्जना गरिरहेका न्यायाधीशहरूले इजलास बहिष्कारदेखि फुलकोर्ट बैठक बहिष्कार गरिसकेका छन् । प्रधानन्यायाधीशमा न्यायिक विचलन आएको र राजनीतिक भागबण्डामा मुछिएको लगायतको आरोप न्यायाधीशहरूको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार