काठमाडौंः मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे हुने जानकारी गराएको हो ।
कम्पनीले असोज २० गते देखि २५ गते सम्म ९० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल शेयर मध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणलाई निष्कासन गरेकामा माग गरिएको भन्दा ४ दशमलव १९ गुणा बढी आवेदन परेको हो ।
माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँँडफाँट निर्देशिका अनुसार गोलाप्रथाद्धारा बाँडफाँट हुनेछ । यस आधारमा ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया