श्रावण ३, २०८२ शनिबार July 19, 2025

५ अर्बको लगानीमा निर्माण गरिएको सेज उपयोगविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाराको जितपुर सिमरा उपमहानगरपालिका भित्र झन्डै ५ अर्ब लगानीमा निर्माण गरिएको विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण उपयोगविहीन भएको छ ।

व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले सिमरा सेजमा सुविधा सम्पन्न प्रशासनिक भवनसहित सडक, बैङ्क, बिमा, हुलाक भन्सार, स्वास्थ्य चौकी, बालबालिकाका लागि डे केयर, नदी तटबन्ध, खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माणमा लगानी गरेको भए पनि सेजभित्र उद्योग स्थापना गर्न उद्योगीले चासो नदिँदा ५ अर्बको लगानी जोखिममा परेको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका इन्जिनियर दिनेश न्यौपानेले एक दशकको अवधिमा पटक पटक गरी सिमरा सेजमा मात्रै नेपाल सरकारको करिब ५ अर्ब लगानी भइसकेको बताउनुभयो ।

८ सय ३३ बिघा क्षेत्रफल रहेको सिमरा सेजको ‘ए ब्लक’ को ३ सय ४३ बिघामा सडक पूर्वाधार निर्माणमा मात्रै १ अर्ब खर्च भएको छ ।

चालू आर्थिक वर्षमा सिमरा सेजमा थप ३ वटा आयोजनाको काम सुरु भएको छ । जसमा ए ब्लकका पछाडितर्फ नदी तटबन्धमा २२ करोड, भित्री विद्युतीकरणमा १० करोड र ए ब्लकको मुख्य द्वार, प्रदर्शनी हल, सुरक्षा चौकी, चमेना गृह निर्माणमा ४० करोड बजेट विनियोजन गरिएको छ ।

२०५९ सालमा वीरगन्ज चिनी मिल बन्द भएपछि मन्त्रिपरिषद्को निर्णयमार्फत चिनी मिलको जग्गालाई उद्योग मन्त्रालय मातहतमा रहने गरी सेज निर्माण कार्यलाई अगाडी बढाइएको थियो ।

सरकारले सेजभित्र उद्योग सञ्चालन गर्न चाहने व्यवसायीलाई प्रति वर्ग मिटर मासिक २० रुपैयाँ जग्गाको भाडा दर तोकेको छ । व्यवसायीहरू भने भाडा दर महँगो भएको र सुरक्षाको ग्यारेन्टी नभएको भन्दै उद्योग स्थापना गर्न इच्छुक देखिएका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार