श्रावण ५, २०८२ सोमबार July 21, 2025

विद्युतको नयाँ महसुल दर निर्धारणः २० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँ तिरे पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विद्युत् नियमन आयोगले मङ्सिरदेखि लागु हुने गरी विद्युतको नयाँ महसुल दर निर्धारण गरेको छ ।

आयोगले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिर्नु पर्ने गरी नयाँ महसुल दर निर्धारण गरिएको बताउनुभयो ।

मासिक २० युनिट भन्दा कम विद्युत् खपत गर्ने करिब २० लाख ग्राहकले यो सुविधा प्राप्त गर्ने आयोगले जनाएको छ ।

यसै गरी सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १ सय ५१ देखी २ सय ५० युनिट सम्म खपत गर्ने ग्राहकलाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा महसुल कायम गरिएको छ ।

मासिक ४ सय युनिट भन्दा माथि खपत गर्ने ग्राहक वर्गका उपभोक्तालाई प्रतियुनिट ११ रुपैयाँ महसुल कायम गरिएको आयोगका अध्यक्ष सिंहले बताउनुभयो ।

आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ ।

यसबाट घरायसी प्रयोजनमा समेत विद्युतको उपभोग बढ्ने र खाना पकाउने एलपि ग्यासको आयातमा केही भए पनि कमी आउने आयोगको विश्वास रहेको अध्यक्ष सिंहले बताउनुभयो ।

आयोगले सिँचाइका लागि विशेष सहुलियत स्वरूप महसुलमा ८० प्रतिशतसम्म घटाएको विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार