श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८.०६ अङ्कले उकालो लागेर दुई हजार ७६९.१३ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले बढेर ५१६.५६ मा पुगेको छ । कूल २२८ कम्पनीको एक करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर रु छ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० मा खरिद बिक्री भए ।

 कारोबार भएका १३ उपसमूहमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३१७.७४ विन्दुले उकालो लागेको छ । बैंकिङ १३.२६, व्यापार २३.४६, वित्त ९.६६, निर्जीवन बीमा १७८.२३, अन्य २२.८१, लघुवित्त ५८.६ र सामूहिक लगानी कोष ०.१४ अङ्कले बढेका छन् । त्यस्तै कारोबारमा आएका समूहमध्ये होटल तथा पर्यटन १०.२४, विकास बैंक १.५५, जलविद्युत्् २०.३८ र उत्पादन ४४.०८ अङ्कले घटेका छन् ।

कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको शेयर रु ४३ करोड १९ लाख ३१ हजार ५३३ मा कारोबार भएको छ ।

यस्तै आइसीएफसी फाइनान्स रु २० करोड ९२ लाख ९६ हजार ९०७, एनआइसी एशिया बैंक रु १९ करोड ६१ लाख ५२ हजार १०, अरुण भ्याली हाइड्रोपावर रु १७ करोड ९७ लाख ९ हजार २१२ र बेष्ट फाइनान्स रु १७ करोड १० लाख ५१ हजार ७०४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

आजको कारोबारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नाफा बढेको विवरण सार्वजनिक गरेको बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ ।

त्यस्तै एनआइसी एशिया लघुवित्तको शेयर ७.२१ प्रतिशतले, गुह्ेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ६.७४ प्रतिशतले र मानुषि लघुवित्तको शेयरमूल्य ६.११ प्रतिशतले बढेका छन् ।

आज रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ । आँखुखोला हाइड्रोपावरको ३.८६ प्रतिशत, सिंगटी हाइड्रोपावर २.८८ प्रतिशत, हिमालयन पावर पार्टनरको २.६६ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको २.६३ प्रतिशतले शेयर मूल्य घटेको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७६ अर्ब ७४ करोड ७८ लाख ६० हजार पुगेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार