बैसाख २२, २०८३ मंगलबार May 5, 2026

नेकपा (एमाले) सर्वोच्च अदालतले उत्प्रेसन गरेर उत्पादन गरेको पार्टी हो । : रामनारायण बिडारी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिन्न भन्नुभएको छ, अब तपाईंहरु के गर्नुहुन्छ ?

हामीले त के गर्ने ? अब न्यायकर्मीहरुले गरिरहेका छन् । न्याय क्षेत्रसँग सरोकारवालाहरुले गरिराखेका छन् । प्रधानन्यायाधिशसँग सहकार्य गर्ने सर्वोच्च अदालतका बहालवाला न्यायाधिशहरुले गरिरहेका छन् । अब यसबाट समस्या समाधान भयो भने समस्या सकिन्छ । तर, त्यहाँ समस्या समाधान भएन भने हामीले संविधानमा महाअभियोगको कुरा व्यवस्थापन गरेका छौं । महाअभियोग लाग्नको लागि फेरी धेरै गाह्रो पनि छैन् । किनभने तीन जना प्रतिनिधिसभाको सदस्यले सही गरेर प्रमाणित गरिदिएपछि त्यो आरोप बारेमा छानबिन हुन्छ । छानबिन गर्नको लागि ११ समिती गठन हुन्छ । ११ समिती गठन गरेर सिफारिस गरेपछि उहाँलाई महाअभियोगको प्रस्ताव दर्ता हुन्छ । त्यसपछि उहाँ निलम्बनमा पर्नुहुन्छ । निलम्बनमा परेर उहाँ पदमुक्त हुनुभयो भने भ्रष्टाचार मुद्दालगायत अन्य विभिन्न मुद्दा लगाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । त्यस्तो लफडामा उहाँ किन पर्नुहुन्छ र ?

तपाईंहरुले भ्रष्टाचारको मुद्दा लगाउनको लागि त प्रमाण पनि चाहिन्छ नि होइन् ?

प्रमाण त सबैभन्दा ठुलो कुरा अहिले देखिएको छ । केपी शर्मा ओलीले अथवा उहाँका मतियारहरुले ट्विस्ट गरेर अर्कै कुरा भन्नुहुन्छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दातिर लग्नुहुन्छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सबै न्यायाधिशहरु एकमत छन् । सर्वोच्च अदालतका सबै न्यायाधीशहरु एकमत छन् ।

उसोभए हिजो केपी शर्मा ओलीले भनेजस्तै पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ ?

होइन्, किन राजीनामा दिनपर्यो ? उनलाई हराएको भएर राजीनामा दिने ?

परमादेश जारी गर्नेलाई तपाईंहरुले बचाउने त ?

यहाँ त उत्प्रेषणको आदेश जारी गरेर अहिले त्यही आदेशको कारणले केपी शर्मा ओली र उहाँका सहयोगीहरु बुर्लकबुर्लुक उफ्रिरहेका छन् । नेकपा (एमाले) भनेको उत्प्रेसन पार्टी हो । नेकपा (एमाले) सर्वोच्च अदालतले उत्प्रेसन गरेर उत्पादन गरेको पार्टी हो । केपी शर्मा ओलीले त नेकपा (एमाले) खारेज गर्नुभएको थियो ।

तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याइँदैन् भन्नुभएको छ नि ?

होइन्, उहाँले त्यसो भन्नुभएको जस्तो मलाई लाग्दैन् ।

तपाईंलाई थाहा छैन्, समाचार पढ्नु भएको छैन र ? 

मैले यत्ति भनिहाले नि । महाभियोगको बारेमा अहिले हाम्रो पार्टीले छलफल गरेको पनि छैन्, निर्णय गरेको छैन् ।

तपाईंको पार्टी अध्यक्षले हिजो हामीले महाभियोगको प्रस्ताव ल्याउदैनौं भनेर भन्नुभएको छ ?

महाभियोगको प्रस्ताव ल्याउदैनौं भनेको होइन् । महाभियोगको प्रस्ताव ल्याउने परिस्थिति आइसकेको छ । प्रमाण पुगिसक्यो भन्यौं हामीले । आधार र कारण बनिसक्यो ।

आधार र कारण कसरि बन्यो ?

तपाईंले देख्नुभएन ? केपी शर्मा ओलीले अघिल्लो मिमितमा २०७७ साल पुस ५ गते २०७७ साल मसिंर ३० गतेको मिति राखेर प्रधानन्यायाधीशले यसमा सहमति बनाएर झुटा ब्यहोराको संवैधानिक नियुक्ती गरेर संसदीय सुनुवाई बेगर प्रधानन्यायाधीशले ती मान्छेलाई सपथग्रहण गराएर यस्तो कुकर्ममा उहाँ फस्नुभयो । अनि त्यसपछि मुद्दा पर्यो । त्यसमा सर्वोच्च अदालतमा उहाँकै विरुद्धमा मुद्दा पर्यो । अनि उहाँले आफुविरुद्ध परेको मुद्दामा आँफैले हेर्ने जमर्को गर्नुभयो । यो संसारको न्यायप्रणाली र विधिशास्त्रविपरित छ । त्यतिले पनि नपुगेर अहिले वर्षदिन पुग्दापनि त्यो मुद्दाको पेशी चढाउनु हुँदैन् । भागबन्डा खोज्नुहुन्छ । योभन्दा पर्याप्त आधार के चाहियो ? दोस्रो आधार के हो भने, सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले यो असक्षम भयो, कार्यक्षमताको अभाव भयो, नेतृत्वले बेईमानी गर्यो । नेतृत्वले अदालत हाँक्न सकेन भनिरहेका छन् । अब यो भन्दा ठुलो आधार के हुन्छ ?

अहिलेको अवस्थामा प्रधानन्यायाधीशलाई सडकबाट हटाएर तपाईँहरुलाई के फाइदा हुन्छ ?

कहाँ सडक हो त्यो ? नेपाल बार एसोसिएशन भनेको सडक हो ? बहालवाला न्यायाधीश भनेको सडक हो ? त्यसकारण, महाभियोग लगाउने नलगाउने त्यो मलाई थाहा छैन्, अहिले पार्टीमा निर्णय भएको छैन् । तर, पार्टीमा छलफल हुनुपर्छ । हाम्रो पार्टीमा मात्र छलफल भएर हुँदैन । गठबन्धनमा छलफल हुनुपर्छ । केपी शर्मा ओलीको पार्टीमा पनि छलफल हुनुपर्छ । तर, महाभियोग लगाउनुपर्ने विषयमा प्रधानन्यायाधीश पुगिसक्नुभएको छ ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महाभियोगको पक्षमा कांग्रेस छैन् भन्नुभएको छ नि ?

होइन्, उहाँले पनि अहिले मैले भनेजस्तै व्यक्तिगत रुपमा भन्नुभएको होला ।

प्रधानमन्त्रीज्यूले हिजो नेपाली काँग्रेसको बैठकमा महाभियोग लगाउनुहुँदैन्, यस विषयमा नेपाली काँग्रेस बोल्नुहुँदैन् भन्नुभएको छ ?

मैले अघि भनिसकें नि । महाभियोगको बारेमा छलफल हुँदै गर्छ । यो अहिले कसैले बताउन सक्दैन् । यसको निर्धारण अदालतभित्र जे भइरहेको त्यसले निर्धारण गर्छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश कसरी अगाडि बढाउन सक्नुहुन्छ ? कसरी न्याय दिनुहुन्छ ? हिजो दीपकराज जोशी कसरी जानुभयो । गोपाल पराजुली कसरी जानुभयो ? उहाँहरुलाई त महाभियोगको प्रस्ताव त थिएन । त्यसकारण अहिलेको मूल कुरा के हो भने उहाँहरुले यस्तो झुटा कुरा गर्नुभयो कि मसिंर ३० गते बीबीसीले गणेशप्रसाद तिमिल्सिनाको अन्तरर्वार्ता गर्यो । उहाँले कुनै निर्णय भएको छैन् भन्नुभयो । केपी शर्मा ओलीले नेकपाको स्थायी समितीको बैठकमा कुनै निर्णय भएको छैन् भन्नुभयो । त्यसैगरी प्रधानन्यायाधीशहरुले न्यायाधीशहरुको बीचमा गएरपनि त्यसै भन्नुभयो । अनि, ५ गते निर्णय भएको भन्दै पठाउने ? त्यतिसम्म बेईमानी गर्ने ? त्यसैले त्यो मिलेन ।

अबको निकास भनेको के होला ?

अबको निकास भनेको प्रधानन्यायाधीशमाथि आफुलाई यति ठुलो आरोप लाग्यो कि मन्त्रीमा भागबन्डा, राजदुतमा भागबन्डा मागेर नचाहिने काम गर्ने ? आँफैविरुद्ध परेको मुद्दामा आँफैंले हेर्ने भनेर विवाद भएपछि उहाँका सहकर्मीहरुले राजीनामा मागेका हुन् ।

तर, प्रधानन्यायाधीशले म सडकबाट राजीनामा माग्दैमा हट्दिन भन्नुभएको छ, बरु सक्छौं भने मलाई संविधानसम्मत् रुपमा हटाउनुहोस भन्नुभएको छ ?

त्यसो हो भने महाभियोग नै हो ।

सांसदहरु महाभियोग लगाउन तयार भएनन् भने ?

किन तयार नहुनु ? तपाईँ यो एक हप्ताभित्र हेर्नुहोस उथलपुथल हुन्छ । निकासको बाटो भनेको महाभियोग हो । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार