श्रावण ५, २०८२ सोमबार July 21, 2025

म्याग्दीका कलमी सुन्तला बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दीको बाँस्कुना गाउँमा उत्पादन गरिएको कलमी सुन्तला बजारमा आएको छ। म्याग्दीको बेनी नगरपालिका–४बास्कुना गाउँको सुन्तला बगैँचामा यतिबेला कलमी सुन्तला खरिद गर्न व्यापारी आउने क्रम सुरु भएको त्यहाँका अगुवा किसान तिलक गुरुङले बताए ।

उनका अनुसार किसानले बोटबाट नै प्रतिकिलोग्राम रु ६५ मा सुन्तला बिक्री गरिरहेका छन्। सुन्तला उत्पादनको मौसम आगाडि नै बास्कुनाका केही किसानले बजारमा ताजा सुन्तला बिक्री गर्ने उद्देश्यले कलमी गरिएको १८ सय केजी सुन्तला सदरमुकाम बेनी, पोखरा, काठमाडौँ लगायतका बजारमा बिक्री गरेका छन् ।

बजारमा अत्याधिक माग रहेको सुन्तलाको सिजन आगाडि र्नै उत्पादनमा जोड दिएको किसानले प्रतिकिलोग्राम रु ९५ देखि एक सयसम्म पर्ने गरी बजारमा बिक्री गरेको सुन्तला किसान सन्दिप केसीले बताए ।

बास्कुनाबाट केसीसहित अगुवा किसान भीम थापा, रुपा गुरुङ, दलबहादुर कार्की, तिलक गुरुङलगायतको बगैँचाबाट कलमी सुन्तला बिक्री भइरहेको छ। कलमी सुन्तला पोखरामा प्रति किलोग्राम रु १५० र काठमाडौँमा रु १८० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार