असार २६, २०८२ बिहिबार July 10, 2025

ट्याङ्की खन्दा विद्यालयभित्र भेटियो ऐतिहासिक सम्पदाका अवशेष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा यहाँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ ।

भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा पानी ट्याङ्की खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि मल्लकालिन ईटा (टेपु ल्हौँ), चिकं अप्पा (तेलीय इँटा), (फ अप्पा, दाँची अप्पा)ले बनाइएका पेटीलगायत पुरातात्विक भवनका अवशेष भेटिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त स्थानको अवलोकन गरेका छन्। नगरप्रमुख प्रजापतिले उक्त विद्यालयका विद्यार्थी  तथा  प्रअ सर्जनी जोशीसँग भेट गरी तत्कालका लागि ट्याङ्की बनाउन र अन्य संरचना निर्माण नगर्न निर्देशन दिएका छन् ।

भेटिएका पुरातात्विक अवशेषको विज्ञद्वारा अनुसन्धान गराउनका साथै सम्पदा संरक्षणका लागि निर्माण कार्यलाई रोक्न आग्रह गरिएको उनको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया