काठमाण्डौंः पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बृद्धि गरेको हो ।
निगमले पेट्रोलको मूल्यमा तीन रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुर्याएको छ । आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० ले वृद्धि भएको छ ।
योसँगै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।
एलपी ग्याँसमा काठमाण्डौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया