असार २६, २०८२ बिहिबार July 10, 2025

‘जनयुद्धमा लागेर विस्थापित भएका कर्मचारी र शिक्षकको पक्षमा सरकार’ – शिक्षामन्त्री पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रोे भेलालाई सम्बोधन गर्दै संसदमा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताएका हुन् ।

संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसदमा अड्किएको छ, यसबारेमा अस्तिको क्याविनेटमा छलफल भएको छ अब अगाडी बढ्छ उनले बताए । द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याका विषयमा अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने कुरा बताउँदै त्यसको लागि आफू कुरा उठाइरहेको पौडेलले बताए । ‘जनयुद्धमा लागेर विस्थापित भएका कर्मचारी र शिक्षकको पक्षमा सरकारसँग छलफल गरी समाधान गर्ने कुरा भएको छ’ उनले भने ।

फरक प्रसङ्गमा पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्माणमा लाग्नुपर्ने सङ्कल्प गरेकाले फेरि तल्लो तहबाट उठ्ने बताए । पार्टीमा २०६४ सालको कुरा हुँदै गर्दा हामी कोही पनि ६४ सालको जस्तो नभएको भन्दै हाम्रा व्यवहार परिवर्तन गरी फेरि पार्टी निर्माणमा लाग्नुपर्ने बताए । अबको निर्वाचनमा पहिलो पार्टी बन्ने उनले दाबी गरे ।

माओवादी केन्द्र गण्डकी प्रदेशकी सहइन्चार्ज यशोदा सुवेदीले संघीय निजामति ऐन बनाएपनि संसदमा अड्किएकाले अब चाँडै अध्यादेश मार्फत आउने बताईन । उनले पार्टी मुलधारको राजनीतिमा रहेको भन्दै संघर्षको कार्यभार अझै पूरा नभएको बताईन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया