असार २६, २०८२ बिहिबार July 10, 2025

विदेश अध्ययनमा जाने विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएर मात्र जान पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिकित्सा शिक्षा आयोगले विदेश अध्ययनमा जाने विद्यार्थीलाई आयोगले लिएको एकिकृत प्रवेश परीक्षा उत्तीर्ण गरी अध्ययन अनुमतिपत्र लिएर मात्र जान आग्रह गरेको छ । नेपाल स्वास्थ्य सम्बन्धी विषयगत परिषद्मा (काउन्सिल)मा दर्ता हुने विषय अध्ययनका लागि विदेश जाने विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएर मात्र जान आग्रह गरेको हो ।

चिकित्सा शिक्षा विषयमा स्नातक तह,स्नातकोत्तर तह,फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिमको लागि वैदेशिक अध्ययन अनुमतिपत्र सम्बन्धी निर्देशिका २०७७ जारी भई कामकारबाही भइसकेको जानकारी गराउँदै विद्यार्थीलाई सो आग्रह गरेको हो ।

साथै निर्देशिका कार्यन्वयनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ मा व्यावस्था भएको र कसैले अध्ययन अनुमतिपत्र नलिई अध्ययन गर्न गएमा आयोग जिम्मेवार नहुने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया