काठमाडौंः त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयले लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना प्रकाशित गरेको छ । जारी सूचना अनुसार (खुल्ला प्रतियोगिता) ले नतिजा प्रकाशनबारे सूचना जारी गरेको हो ।
आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘त्रि.वि.सेवा आयोगको कार्यालयबाट २०७८ श्रावण महिनामा सञ्चालित खुल्ला प्रतियोगिता अन्तर्गत विज्ञापन नं. २०५१।०७७।०७८ प्राविधिक अधिकृत (सूचना प्रविधि) र विज्ञापन नं. २०५२।०७७।०७८ मूख्य प्राविधिक सहायक (सूचना प्रविधि) पदको लिखित परीक्षाको नतिजा आयोगको निर्णय बमोजिम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रतिक्रिया