बैसाख २७, २०८३ आइतबार May 10, 2026

छोरीलाई बलात्कार गर्न खाेजेकाे आरोपमा बाबु पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंको गोंगबुमा आफ्नै छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन्।

प्रहरीका अनुसार टोखा नगरपालिका वडा नम्बर ९, गोंगबु गणेशस्थान बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० घर भएका ४० वर्षीय गणेश तामाङलाई पक्राउ गरिएको हो।

उनले आफ्नै २२ वर्षीया छोरीलाई मंगलबार राति बलात्कार प्रयास गरेको आरोप लागेको छ। अहिले आरोपित तामाङलाई महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ भने पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रसूतिगृह थापाथली पठाइएको प्रहरीले जानकारी दिएको छ।

राति करिब साढे १ बजे आफ्नै छोरीलाई आफ्नै कोठामा बलात्कार गर्न खोजेको भन्ने खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले आरोपित गणेशलाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएपछि आरोपित गणेशलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइएको थियो। उच्च रक्तचाप भएका उनलाई उपचारपश्चात् महानगरीय प्रहरी वृत्त महाराजगन्ज ल्याइएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ। घटनास्थल महाराजगन्ज महानगरीय प्रहरी वृत्तदेखि अन्दाजी ३ किमि पश्चिम पर्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार