श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रधानन्यायाधीश राणाले नेपाल बारको अल्टिमेटम नमान्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् ।

प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा रहेका छन् ।

नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले सडकबाट कसैले अल्टिमेटम दिँदैमा आफूले राजीनामा नदिने बताए । म संवैधानिक प्रक्रियाबाट आएकाले बिदा हुनुपरे संवैधानिक प्रक्रियाबाट हुने कसैले विरोध गरेर आन्दोलनमा उत्रिँदैमा राजीनामा नदिने राणाले बताए ।

नेपाल बारले आइतबारदेखि बुधबारसम्म सर्वोच्च अदालतभित्र विरोधको कार्यक्रम घोषणा गरेको छ । ‘कात्तिक १४, १५, १६ र १७ गतेसम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने, कात्तिक १६ मा सर्वोच्च प्रांगणमा धर्ना र विरोधसभा गर्ने निर्णय गरिएको बारको महासचिव लीलामणि पौडेलले जानकारी दिए । आइतबारदेखि प्रत्येक दिन बिहान १० बजेदेखि विरोधका कार्यक्रम सुरु गर्ने पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।-राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार