असार २६, २०८२ बिहिबार July 10, 2025

कक्षा १२ को परीक्षाको नतिजा मंसिरभित्रै सार्वजनिक गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षाको नतिजा मंसिरभित्रै सार्वजनिक गर्ने तयारी भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार कुनै प्राबिधिक त्रुटी नदेखिएको खण्डमा उत्तरपुस्तिकाको जाँच अन्तिम चरणमा पुगेकोले मंसिरभित्रै नतिजा सार्बजनिक हुने प्रबल सम्भावना छ । राष्ट्रिय परीक्षाबोर्ड स्रोतका अनुसार ७० प्रतिशत काम भने सकिएको अबस्था छ र बाँकी कामलाई पनि बोर्डले तिब्रता दिएको छ ।

बोडै सम्बद्ध एक अधिकारीले भन्नुभयो, हामीले कामलाई तिब्रता दिएका छौँ । नतिजा मसिंरभित्र सार्बजनिक गर्नुपर्ने भएकाले कामलाई तिब्रता दिएका हौँ । कुनै प्राबिधिक त्रुटि नदेखिएमा हामी मंसिरभित्र नतिजा सार्बजनिक गर्नेछौ ।

कक्षा १२ को परीक्षा कोरोना कहरका बीच भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । सोअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै चौतर्फी दबाबका बीच स्थगित गरिएको थियो ।

सरकारले कक्षा ११ र १२ का बिधार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिएपछि कोरोना महामारी बाट बच्ने मापदण्डका पुर्ण पालना गरेर राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितिमै होमसेन्टरमै परीक्षा सञ्चालन गरेको थियो ।- जनबोली

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया