काठमाण्डौंः चालू आर्थिक वर्षको योजना अध्यादेशको बाटो रोजेर ल्याएको कर्णाली सरकारले ऐनहरू पनि अध्यादेशकै बाटोमा संशोधन र पारित गर्न थालेको छ । राजनीतिक किचलोका कारण प्रदेशसभा बैठक सञ्चालन नभएकाले ऐन संशोधन गर्न पनि अध्यादेशको बाटो रोज्नुपरेको हो ।
केही दिनअघि प्रदेश लोकसेवा आयोग ऐनलाई संशोधन गरेको प्रदेश सरकारले खेलकुद ऐन पनि अध्यादेशकै माध्यामबाट संशोधन गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आईतबार अध्यादेश जारी गरेका हुन् । – रातोपाटी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया