श्रावण ३१, २०८३ आइतबार August 16, 2026

देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदै

भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदैछ । शुक्रवारदेखि मिराकल पार्टी प्यालेस, सुकेधारमा सुरू भएको भेला ३ दिनपछि आज समापन हुन लागेकाे हाे ।  सो कार्यक्रममा बिहान ११ः०० बजेदेखि सुरू हुनेछ ।

प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार जारी भेलामा बिभिन्न राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन्, जसमा आज सहभागी प्रतिनिधिहरूले धारणा राखिसकेपछि समापन हुनेछ । सो भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन् ।

सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिए पछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ भने पाँच महिना बिदेशमा रहेका निबर्तमान सभापति शेरबहादुर देउवा बिहीवार सोही भेलाका लागि स्वदेश फर्किएका थिए । भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छ । सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया