श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत

अधिकार सम्पन्न ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता प्रकाशशरण महतले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेस एकता अपरिहार्य रहेको बताएका छन्। शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महतले विगतका विवाद र असमझदारीलाई बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्नेमा जोड दिएका हुन्।

महतले पार्टीभित्रको विवाद समाधानका लागि समझदारीको आधार तयार गर्नुपर्ने भन्दै अधिकार सम्पन्न ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारे। “समझदारीको बटमलाइन सजिलो थियो। अधिकार सम्पन्न स्टेरिङ कमिटी बनाऔँ,” उनले भने।

उनले कांग्रेसको आधिकारिकता एउटा पक्षसँग रहे पनि त्यसमा पार्टीको मूल भावना र आत्मा नरहेको टिप्पणी गरे। “आधिकारिकता रहेको ठाउँमा आत्मा नरहेको शरीर मात्रै छ,” भन्दै महतले आत्मासहितको कांग्रेस निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

महतले अहिलेको अवस्थामा कांग्रेसलाई थप विभाजनतर्फ लैजानुभन्दा सबै पक्षबीच संवाद र सहमति आवश्यक रहेको बताए। पार्टीभित्रको विवादले कांग्रेस कमजोर बन्ने भएकाले विगतका मतभेदलाई छाडेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले कांग्रेसलाई पुनः जनताको विश्वासको केन्द्रमा स्थापित गर्न संगठनलाई एकताबद्ध र सुदृढ बनाउनुपर्नेमा जोड दिए। “जोड्नै पर्ने अवस्था छ,” भन्दै महतले पार्टीको भविष्यका लागि सबै पक्षले लचकता अपनाउनुपर्ने धारणा राखे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार