श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम

कैदीबन्दीहरूलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ साउनः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार र जेनजी समूहबीच भएको राजनीतिक सहमतिहरू सबैलाई स्वीकार गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा मन्त्री गौतमले जेनजी आन्दोलनपछि २०८२ मङ्सिर २५ गते जेनजी र नेपाल सरकारबीच सहमति भएबमोजिम सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरेको प्रष्ट पार्नुभयो । उहाँले सरकार र आन्दोलनकारी बीचको यो ऐतिहासिक एवं राजनीतिक दस्तावेजलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो ।

राज्यबीचको सम्झौना अमान्य भए समाजमा फेरि अशान्ति र द्वन्द्व सिर्जना हुनसक्ने भन्दै मन्त्री गौतमले समाजमा शान्ति स्थापना गराउनु सबैको दायित्व भएको जिकिर गर्नुभयो । शान्तिपूर्ण समाज निर्माणमा सबैको एकरुपता आवश्यक रहेकाले सहकार्य र समन्वयबाट शान्त र समृद्ध समाज निर्माणमा हातेमालो गर्नुपर्ने उहाँको धारणा छ ।

“ठूलो राजनीतिक परिवर्तन र सामाजिक द्वन्द्वपछि भएका राजनीतिक सहमति दुई पक्षको कानुनी सम्झौता हो”, मन्त्री गौतमले भन्नुभयो, “देशलाई शान्तिपूर्ण बाटोमा फर्काउनका लागि तत्कालीन सरकारले गरेको सहमति सबैले अङ्गिकार गर्नुपर्छ ।” जेनजी आन्दोलनलाई जनआन्दोलन भनेर तत्कालीन सरकारले स्वीकार गरेको अवस्था स्मरण गराउनुभयो ।

बैठकमा मन्त्री गौतमले कैदीबन्दीहरूलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताउँदै कारागार व्यवस्थापनको समग्र सुधारका लागि गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा कारागार व्यवस्थापन सुधार गरिने उल्लेख गर्नुभयो । प्रतिवेदनमा आएका सुझावका आधारमा कानुन सुधार गर्दै कार्यान्वयनलाई चुस्त बनाउने अभ्यासमा मन्त्रालय लागेको उहाँले बताउनुभयो । उहाँले गृह मन्त्रालयसँग समन्वय गरेर समयअनुकूलको परिस्कृत कारागार ऐन, २०७९ लाई संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

कारागार व्यवस्थापन विभागको गत असार ११ गतेसम्मको तथ्याङ्क अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका कैदीबन्दी २६ हजार २९ जना छन् । तसर्थ राज्यलाई प्रत्येक वर्ष प्रतिकैदीको खर्च रु एक लाख ३५ हजार खर्च लाग्छ । मन्त्री गौतमका अनुसार एक वर्षमा रु २६ हजार २९ जना कैदी पाल्न राज्यले रु तीन अर्ब ५१ करोड ३९ लाख १५ हजार खर्च गर्नुपर्ने अवस्था छ ।

मन्त्री गौतमले कैदीलाई पाल्न राज्यले खर्च गर्नुभन्दा पनि अपराध कम गर्न, कैदीबन्दीको सक्रिय जीवनमा सहयोग गर्न, उत्पादन र सिर्जनामा जोड्ने जस्ता नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कैदीबन्दीलाई समाज सुधारमा योगदान पुर्‍याउने वातावरण सिर्जना गर्न आवश्यक रहेकामा जोड दिँदै उहाँले यसका लागि उपयुक्त कानुन र नीति ल्याउनुपर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार