भाद्र २८, २०८३ आइतबार September 13, 2026

देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन

मुलुकका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ३० साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका लागि राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीको जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले मुलुकका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिनुभयो । देश जटिल र असामान्य अवस्थाबीच गुज्रिरहेका बेला सबै राजनीतिक दल निषेधको मनोभावनाभन्दा माथि उठेर सहकार्य र सहमतिको बाटो रोज्नुपर्ने उहाँले भन्नुभयो ।

राप्रपा नवलपरासीको जिल्ला अधिवेशनमा जिल्ला नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो । एक जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि तीन जनाबीच प्रसिद्ध हुने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया