श्रावण ३०, २०८३ शनिबार August 15, 2026

विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह

पूर्व तयारी र जोखिम न्यूनीकरणका उपायलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्व राष्ट्रपति विद्या भण्डारीले हालैका दिनहरूमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वत लगायत देशका विभिन्न जिल्लामा अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएको दुःखद् समाचारले अत्यन्त मर्माहत बनाएको जनाउनुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले विपदमा परी ज्यान गुमाउनुहुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले विपदबाट प्रभावितहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउँदै आवश्यक सहयोग तत्काल उपलब्ध गराउन सम्बद्ध सबै निकायहरूलाई ध्यानाकर्षण पनि गराउनुभएको छ ।

मनसुनको अवधि अझै कायम रहेकाले विगतको अनुभवका आधारमा मात्र नभई बदलिँदो जलवायु र मौसमजन्य जोखिमलाई समेत ध्यानमा राखी पूर्व तयारी र जोखिम न्यूनीकरणका उपायलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ ।

नागरिकहरूलाई पनि स्थानीय तह तथा सम्बन्धित निकायबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी सूचना र पूर्व सूचनाप्रति चनाखो रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न, नदी तथा खोलानालाको किनारबाट टाढा रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार