श्रावण ३०, २०८३ शनिबार August 15, 2026

पाटन बारको अध्यक्षमा निरौला विजयी

निर्वाचन प्रक्रिया केही सामान्य विवादबाहेक शान्तिपूर्ण तरिकाले सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० साउनः उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी हुनुभएको छ । उहाँले एक हजार १५२ मत ल्याएर विजयी हुनुभएको हो ।

अध्यक्षमा विजयी हुनुभएका निरौला बृहत प्रगतिशील तथा पेशागत समूहबाट उठ्नुभएको थियो । उहाँको प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनबाट अध्यक्षमा देवीप्रसाद रिजालले १२२ मत र स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट अध्यक्ष भेषराज पोखरेलले १९९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजिवकुमार पोखरेल, महिला सहसचिवमा सीमा सुवेदी, कोषाध्यक्षमा दीलकुमार कार्की, महिला सदस्य अनिता पौडेल, सदस्यहरूमा इन्दिराकुमारी शर्मा सुवेदी, बबिता राई, खुला सदस्यमा विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा,राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मात्रिका खनाल विजयी हुनुभएको छ ।

नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि आजै मतदान सम्पन्न भएको थियो । बिहान ८ बजेदेखि सुरु भएर साँझ ५ः३० बजे सम्पन्न भएको थियो । प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाले निर्वाचन प्रक्रिया केही सामान्य विवादबाहेक शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार