श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ओलीसँग रावल-भुसाल मिलेर भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एमाले विभाजनलाई रोक्नका लागि अध्यक्ष केपी ओलीसँग१० बुँदे सहमति गरेर एमालेमै अड्किएकाभीम रावल, घनश्याम भुसालसहितका नेताहरू अहिले त्यही १० बुँदेमा सहमतिमै फरक मत राख्न थालेका छन् । १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने मत १० जना नेतामध्ये भीम सवल र घनश्याम भुसालमात्रै रहेका छन् ।

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत वोहोरामात्र होइन्, सुरेन्द पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसम्मका नेताहरू १० बुँदेलाईमात्र आधार मान्न नहुने तर्क गर्न थालेका छन् । १० बुँदे सहमतिको विषयमा १० भाईमै एकमत नभएपछि अध्यक्ष केपी ओलीले पनि महत्व दिन छोडेका छन् । सुरेन्द्र पाण्डे र घनश्याम भुसालले व्यक्तिगत रुपमा डील गरेर केही नेताहरू एकीकृत समाजवादीमा जानबाट रोकिएका थिए ।

स्याङ्गजाका सोभियत ढकाल, सर्लाहीका रेवन्ती पन्त, दण्डपाणि न्यौपानेलगायतका दर्जनौ नेताहरू सुरेन्द्र पाण्डेले व्यक्तिगत डील गरेर रोकेका थिए । उनीहरूलाई एमालेको केन्द्रीय सदस्य बनाउने आश्वासन पाण्डेले दिएकोश्रोत बताउछ । निरज आचार्य, ठाकुर गैरे,दीपकप्रकाश भट्ट, राजबहादुर बुढालगायतका नेताहरू भने घनश्याम भुसालले एकीकृत समाजवादीमा जानबाट रोकेका थिए । तर, अहिले पाण्डे अध्यक्ष केपी ओलीको लाइनमा समाहित भएका छन् । त्यही कारण चितवनमा सुरेन्द्र पाण्डेले १० बुँदे कार्यान्वयन गर्नुपर्ने अडान राख्न सकेनन् ।

पाण्डेले अडान राखेको भए चितवनमा कृष्णभक्त पोखरेल नै जिल्ला अध्यक्ष हुने अवस्था थियो । तर, पाण्डेले अडान छोडेपछि पोखरेल १० बुँदे सहमति अनुसार २ जेठ २०७५ मा फर्किने अवस्था बनेन । त्यसैले पार्वती रावल जिल्ला अध्यक्ष भईन् । त्यसैगरी, पाण्डेकै जोडबलमा एमालेमा बसेका सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त पनि अहिले वेवारिसे बनिने चिन्तामा रहेका छन् । १० बुँदे कार्यान्वयन भएको भए उनी जिल्ला अध्यक्ष हुने थिए तर अहिले त्यो कार्यान्वयन भएन । त्यसै ले जिम्मेवारीविहीन भएका कारण एमालेको बैठकमा पनि जान छोडेकोश्रोत बताउछ ।

पाण्डेले १० बुँदेमात्रै भनेर हुँदैन भन्न थालेपछि उनीहरूको वेवारिसे बन्न पुगेको १० बँदे कार्यान्वयन गर्नुपर्छ भन्ने अडानमा रहेकाएमाले नेताहरूको तर्क छ । धेरै नेताहरू १० बुँदे सहमति कार्यान्वयनको कुरा सुदूरपश्चिममा मात्रै हो भन्ने प्रश्न उठ्न थालेको छ । श्रोत भन्छ, सुदूरपश्चिममा पनि भीम रावलको इञ्चार्ज पदका लागि पनि मात्रै भएको भन्ने प्रश्न उठेपछि अध्यक्ष केपी ओलीले पनि रावलका लागिमात्रै सम्झौता नगर्ने बताउँन थालेका हुन् । साँघुबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार