श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेसको रणनीतिः चुनावमा देशभर तालमेल नगर्ने, आवश्यकता हेर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ ।

कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका थिए ।

‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरूसमेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो । सोही परिणामबाट पाठ सिक्दै अहिले भने कांग्रेसले देशभर तालमेल नगरी आवश्यकता हेरेर मात्रै अन्य दलसँग तालमेल गर्ने नीति अघि सार्ने तयारी गरेको छ ।

तत्कालीन आवश्यकता हेरेर निर्वाचनमा तालमेल हुने नहुने निधो हुनेछ

रामचन्द्र पौडेल, वरिष्ठ नेता

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन आवश्यकता हेरेर निर्वाचनमा तालमेल हुने कि नहुने निधो हुने बताउँदै आइरहेका छन् ।

उनले आइतबार जनकपुरमा आयोजित नेता कार्यकर्तासँगको भेटमा भने आगामी निर्वाचनमा तालमेल गर्ने अवस्था नरहेको बताएका थिए ।

यसैगरी, आइतबार नै एक कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा देशभर नभई केही स्थानमा मात्रै आवश्यकता हेरेर अन्य दलसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताएका थिए । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।

‘चुनावी तालमेलका विषयमा पार्टीभित्र एक मत छैन, फरकफरक धारणा आइरहेका छन्, देशैभर तालमेलको सम्भावना त नहोला, केही स्थानमा हुन सक्छ,’ सहमहामन्त्री महतले भनेका छन् ।

यसैगरी, कांग्रेस युवा नेता गगन थापालेसमेत केही दिनअघि धादिङ र चितवनमा आयोजित कार्यक्रममा कांग्रेस कोहीसँग तालमेल गरेर नभई एक्लै आफ्नै तागतले निर्वाचनमा होमिने बताएका थिए ।

चुनावी तालमेलका विषयमा पार्टीभित्र एक मत छैन, फरक फरक धारणा आइरहेका छन्, देशैभर तालमेलको सम्भावन त नहोला, केही स्थानमा हुन सक्छ

डा. प्रकाशशरण महत, सहमहामन्त्री

उनले आगामी निर्वाचनमा ‘कुन निर्वाचन चिह्नमा मत हाल्ने ? भनेर अलमलिन पर्ने अवस्था आउन नदिने भन्दै आफ्नै दलको चिह्नमा मतदाताले मतदान गर्न पाउने बताएका थिए ।

हाल कांग्रेससहित, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले केन्द्रीय सत्ता सहयात्रामा गठबन्धन गर्दै आइरहेका छन् । यी दलहरूबीच नै आगामी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल हुन सक्छ । राजधानी दैनिक

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार