श्रावण ३, २०८२ शनिबार July 19, 2025

भरत ताल हेर्न आन्तरिक पर्यटकको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको जेटबोट समेत सञ्चालन गरिएको छ । ताल पूर्णरुपमा निर्माण हुन अझै केही महिना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटरबोटले पर्यटकको मन लोभ्याउने गरेको छ ।

तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको नगरपालिकाले जनाएको छ । अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाँल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको वाग्मती नगरप उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा हेरिन थालिएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक दुई हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।

तालको नजिकै सुमेरी पर्वत बताउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पना गरिएको तालका कल्पनाकार तथा नगरप्रमुख भरत थापाले जानकारीदिनुभयो । उहाँका अनुसार तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि बगैँचा तथा घेराबेराको काम पनि भइरहेको छ ।

त्यसैगरी तालको वरिपरि खाजाघरहरु धमाधम निर्माण भइरहेका छन् । तालमा घुम्न आउने आन्तरिक पर्यटकले रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफूलाई पोखराको फेवाताल घुमेको महसुस भएको ताल घुम्न आएका प्रकाश दाहालले बताउनुभयो । रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न आनन्द भएको उहाँले सुनाउनुभयो । “बोट चढ्न पोखरा नै जानुपर्छ जस्तो लाग्थ्यो, अहिले त यतै सरर । बिदाको दिन होस् या चाडबाडको समय भरत ताल व्यस्त नै देखिँदो रहेछ । उक्त तालको सौन्दर्य बढाउनका लागि हाँससमेत पालिएको रहेको छ । तालमा पौडिने हाँसको दृश्यले पर्यटकको मन झनै लोभिने गरेको पाइयो,” उहाँले भन्नुभयो ।

नगरप्रमुख थापाले अबको तीन चार महिनामा ताल निर्माणको काम सम्पन्न गरिने जानकारी दिनुभयो । तालले गर्दा पर्यटकको आगमन त छँदैछ पूर्णरुपमा ताल निर्माण भइनसक्दै धेरै जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीसमेत पाएका उहाँले बताउनुभयो । मनोरञ्जनका लागि तालमा पाँच बोट राखिएको छ भने अझै पाँच बोट थप गरिने नगरप्रमुख थापाले जानकारी दिनुभयो । तालमा सजावट र रिसोर्टहरुको काम केही महिनामा सम्पन्न हुनेछन् । तालको सम्पूर्ण काम सकिएपछि उक्त तालमा पनि टिकट सिस्टम लागू गरिने नगरपालिकाले जनाएको छ । १२१ बिघामा निर्माण गरिएको उक्त तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ । जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध छ ।

साथै केही समयपछि उक्त तालमा माछापालन पनि गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । तालमा सौन्दर्य र रिसोर्ट लगयतका काम सकिएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक हजार ५००स्थानीयवासीलाई रोजगारी पाउँने जनाइएको छ । नगरपालिकाले नगर बगैँचा र फनपार्कसमेत निर्माण गरिरहेको छ । नगरवासीलाई रोजगारी पनि दिने र नगरको आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैँचा र फनपार्क निर्माण भइरहेको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार