असार २६, २०८२ बिहिबार July 10, 2025

उत्तरपुस्तिका जाँचमा अनियमितता गर्ने परीक्षा बोर्ड प्रमुख केन्द्रमा तानिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कक्षा १२ को उत्तरपुस्तिका जाँचमा अनियमितता गरेको आरोप लागेका राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १ का प्रमुख डम्बर बतासलाई केन्द्रमा तानिएको छ । उनलाई बोर्डले कारबाही गर्दै सरुवा गरेर केन्द्रमा तानेको हो ।

प्रदेश १ का प्रमुख रहँदा बतासले निजी विद्यालयका उत्तरपुस्तिका जाँचको जिम्मा सम्बन्धित विद्यालयकै शिक्षकलाई दिएर अनियमितता गरेको आरोप लागेको छ । उक्त कुरा सार्वजनिक भएपछि बोर्डले उनीमाथि छानबिन गर्न शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

विराटनगरमा रहेको मेरिल्यान्ड स्कुलका कक्षा १२ का परीक्षार्थीहरुको उत्तरपुस्तिका सोही स्कुलका शिक्षकलाई जाँच गर्न दिएको आरोप बतासमाथि लागेको छ । परीक्षण अधिकृत सीमा राईको स्वीकृतिबिनै अंग्रेजी विषयको उत्तरपुस्तिका आफ्नै विद्यालयका शिक्षकले परीक्षण गरेको पाइएपछि विवाद भएको थियो । विवाद बढेपछि १०० भन्दा बढी उत्तरपुस्तिका पुनः परीक्षण गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया