काठमाण्डौंः आर्थिक वर्ष २०७८/७९ को लागि डिभिजन वन कार्यालय रोल्पालाई ३४ करोड ११ लाख ५ हजार बजेट प्राप्त भएको छ ।
चालू आर्थिक वर्षमा वन, उद्योग, पर्यापर्यटन प्रवर्द्धन, जडीबुटी उत्पादन, वन्यजन्तु र जैविक विविधता संरक्षण, कृषि तथा बृहत्तर हरियाली प्रवर्द्धन, साथै जलाधार संरक्षण र व्यवस्थापन, राष्ट्रिय वन विकास तथा व्यवस्थापन लगायतका ७ शीर्षकमा सङ्घ तथा लुम्बिनी प्रदेश सरकारबाट उक्त बजेट प्राप्त भएको हो ।
रोल्पामा कुल १ लाख हेक्टर वन क्षेत्र छ । जिल्लाको उक्त क्षेत्र कुल क्षेत्रफलको ५३ प्रतिशत हो भने जिल्लाभर ६१९ वटा सामुदायिक वन छन् । तर १८२ वटा सामुदायिक वनले मात्र नवीकरण गरेको डिभिजन बन कार्यालय रोल्पाका वन अधिकृत डाक्टर मोहन पौडेलले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया