जेठ ५, २०८१ शनिबार May 18, 2024

एकसाता भित्र परीक्षार्थीको दैनिक विवरण पठाउन त्रिविको सर्कुलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयले परीक्षार्थीको संख्यामा ट्रिप्लिकेट र क्याम्पसको विवरण फरक देखिए पछि परीक्षार्थीहरुको दैनिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

विश्वविद्यालयले साउन ५ गतेदेखि संचालन गरेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षामा उक्त समस्या आए पछि विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

कोभिड-१९ को दोस्रो लहरको कारण परीक्षार्थीलाई परीक्षा केन्द्र छनोट गर्न र आवेदन फारम अनलाईनबाट भराई परीक्षामा सहभागि गराइएकोमा परीक्षा केन्दैमा परीक्षार्थीको संख्या ट्रिप्लिकेट र क्याम्पसको विवरण फरक देखिएको जनाएको छ ।

साथै सम्बन्धित परीक्षा केन्द्रहरुले त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयमा परीक्षामा सहभागि परीक्षार्थीहरुको दैनिकि उपस्थिति विवरण सात दिन भित्र पठाईदिन अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया