श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सातै प्रदेशमा गठबन्धनको सरकार बन्नु जनताको जीत होः अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको सातै प्रदेशमा सत्ता गठबन्धनको सरकार रहेको र यो जनताको जीत भएको बताउनुभएको छ । बिहीबार माओवादी केन्द्रको मध्यपुर ठिमी नगर कमिटीले नेपाल संवतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

जनताको हित गर्ने पार्टी माओवादी केन्द्र नै रहेकाले आगामी दिनमा देशकै एक नम्बर पार्टी हुनुपर्ने धारणा राख्नुभयो । ‘संविधान र राष्ट्रको रक्षा गर्ने अर्को पार्टी छैन, उहाँले भन्नुभयो । माओवादीको मुद्दालाई धारासायी बनाउने शक्तिहरु कमजोर भएको पनि उहाँले दावी गर्नुभयो । तर जितिसक्यौं भनेर ढुक्क हुने स्थिति भने नरहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

विगतमा माओवादी केन्द्रमा विचारमा अष्पष्टता र निराश भएजस्तो स्थिति भएपनि अहिले नयाँ तरंग आएको उहाँको भनाई छ । माओवादी केन्द्रले ३५ प्रतिशत महिला सहभागितासहित आदिवासी जनजाति, दलित, मधेसी–मुस्लिम लगायत पिछडिएका क्षेत्रलाई विशेषाधिकार दिदै पार्टीलाई अगाडि बढाइने बताउनुभयो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार