काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजेर २ मिनेटको शुभ साइतमा कान्छा भाई डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ।
महाराजगञ्जस्थित राष्ट्रपति निवासमा भएको भाईटीका कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाउनु भएको हो ।
यस्तै‚ राष्ट्रपति भण्डारीले भाई डेगेन्द्रको हातबाट भाईटीका ग्रहण गर्नुभयो । आज भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भनिए पनि आज दिनभर नै भाइटीका लगाउन सकिनेछ।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया