श्रावण ५, २०८२ सोमबार July 21, 2025

सवारी कारवाहीमा एकैदिन एक लाख बढी राजश्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कारबाही गर्दा एकैदिन रु एक लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको हो । प्रहरीले गत बिहीबार दुईपाङ्ग्रे र चारपाङ्ग्रे १८२ सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो ।

मदिरा सेवन गरी सवारी चलाइएको पाइएमा हिरासतसम्म राखिनेछ । सचेतनामूलक प्लेकार्ड राखेर जाँच गरिएको गर्दा कारबाहीपर्नेमा अत्यधिकमात्रामा मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई डोलेन्द्र हमालले जानकारी दिनुभयो ।

साथमा आवश्यक कागजात लिएर यात्रा नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र गाडीको मोडिफाइ गर्ने सवारीलाई कारबाही गर्दा उक्त रकम सङ्कलन भएको उहाँले बताउनुभयो । जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत पूर्वको आँबुखैरेनीदेखि पश्चिमको कोत्रेसम्मको करिब ७२ किलोमिटर क्षेत्रका साथै भित्री सडक मार्गमा सवारी जाँच गरिएको उहाँले बताउनुभयो ।

कतिपय चालकलाई आउँदा दिनमा गल्ती नदोहो¥याउने शर्तमा एकपटक सम्झाएर छाडिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा तनहुँमा पछिल्लो समय सवारी जाँच कार्यलाई कडाइ गरिँदै आइएको छ ।

चाडपर्वका समयमा मदिरा सेवन गरी सवारी साधान चलाउनेको सङ्ख्या बढ्ने भएकाले जाँच कार्यलाई निरन्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया