श्रावण ६, २०८२ मंगलबार July 22, 2025

छठ पर्वको मौका छोपेर महँगी बढाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः छठ पर्वको पूर्वसन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरू बताउँछन् । जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताए । अरु बेला पाँच रुपैयाँ गोटाले पाउने कागती अहिले २०रुपैयाँभन्दा कममा पाउन मुश्किल भएको उनको भाइ छ ।

छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा बर्तालुको भीड निकै बढेको छ । छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको सङ्ख्या उल्लेख्य छ । अहिले केरा घरीको ५०० देखि ८०० सम्ममा बिक्री भएको व्यापारी बताउँछन् । साथै उखु गोटाको १५ मा बिक्री भएको व्यापारीको भनाइ छ ।

छठ पर्वमा केराको सिङ्गै घरी नै प्रसादका रूपमा चढाउनुपर्ने भएको हुँदा अहिले बजारमा केराको माग अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ । शनिबार मात्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजारमा लाखौँ रुपैयाँको केराको व्यापार भएको केराका एक ठेक्केदार बताउँछन् । विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगर बजारमा मागअनुसार आपूर्ति नभएकाले केराको मूल्यमा ह्वात्तै वृद्धि भएको एक उपभोक्ता सञ्जीप साहले बताए। प्राय सबै बजारमा अहिले केराको खरिद बिक्री गर्नेको ठूलै भीड लागेको देखिन्छ । स्थानीय बजारमा केराको माग बढेपछि स्थानीय किसानले लगाएको केरा बजारमा ल्याउने क्रम जारी रहेको छ भने मुलुकको विभिन्न ठाउँमा जहाँ केराको खेती गरिन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्र्न नसक्दा भारतको हाजिपुर, दरभङ्गा, पटना, आसाम, बङ्गाल, ठाकुरगञ्जलगायत ठाउँबाट केरा मगाएको फलफूल तथा तरकारी व्यवसायी समिति जनकपुरका अध्यक्ष विश्वेश्वर यादवले बताए । गत वर्षको तुलनामा यसवर्ष केराको मूल्य करिब ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ ।

यस क्षेत्रको प्रमुख बजारका रूपमा रहेको सखुवा बजारबाट बिक्री वितरण भई विभिन्न ठाउँ जाने गरेको स्थानीयवासी दिलीप महतोले बताउनुभयो । छठ पर्वमा बनाउने प्रसाद ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदार कहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार