काठमाडौंः नेपाल बार एसोसिएसनको बैठकले प्रधानमन्त्री चोलेन्द्रशमशेर राणाबिरुद्ध आन्दोलन निरन्तर रहने निर्णय गर्दै प्रधान न्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सोमबार सर्वोच्च परिसरमा बसेको बारको बैठकले प्रधानन्यायाधीशको इजलासमा नबस्न सबै न्यायाधीशहरुलाई अनुरोध गर्ने निर्णय गरिएको महासचिव लीलामणि पौडैलले जानकारी दिए ।
त्यस्तै बारले आफू रहेको कुनै इजलास गठन नगर्न प्रधान न्यायाधीश राणालाई चेतावनी समेत दिएको छ।
त्यस्तै बैठकले आन्दोलनलाई निरन्तरता दिन बारका सदस्यहरुले उपत्यकामा कात्तिक २३ देखि ३० गतेसम्म कालोपट्टी बाँध्ने र उपत्यकाबाहिर कात्तिक २८ देखि ३० सम्म तीन दिन कालोपट्टी बाँध्ने निर्णय पनि बारको बैठकले गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया