श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नौतले दरबारको व्यवस्थापनका लागि चीनको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनर्निर्माण गरिरहेको चीन सरकारले दरबारभित्रको सुरक्षा प्रविधिसहित सबै इन्टेरियरको काम गर्न प्रस्ताव अघि सारेको छ ।

चीनले २०७२ साल वैशाख १२ को शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार र दरबारसँगै जोडिएको वसन्तपुरसहित तीनवटा बुर्जाहरू ललितपुर टावर, भक्तपुर टावर र कीर्तिपुर टावरको पुनर्निर्माणको जिम्मा लिएको थियो ।

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै चीन सरकारले दरबारभित्र अत्याधुनिक सुरक्षा प्रविधिसहित राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र संग्रहालयको सबै सामग्री व्यवस्थापन गर्न प्रस्ताव अघि बढाएको हो ।

पुनर्निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनी एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनले पुरातत्व विभागमा चीन सरकारको तर्फबाट संग्रहालयमा सामग्री व्यवस्थापन गर्न सोकेस निर्माण, लाइटिङ र सुरक्षा प्रविधि यन्त्र जडान गर्ने प्रस्ताव पेस गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनका अनुसार विभागले विस्तृत योजनासहित पूर्ण प्रस्ताव पेस गर्न कम्पनीलाई आग्रह गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार