काठमाडौंः पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी संगठनले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सत्तारुढ गठबन्धनमा समेत रहेका ती विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई शुक्रबार ज्ञापनपत्र बुझाएर मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् ।
मूल्यवृद्धि फिर्ता नलिए भोलि २६ गते बिहान ९-११ बजे आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने कार्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिन्डर प्रदर्शन गर्ने चेतावनी विद्यार्थी संगठनहरूले दिएका छन् ।
त्यस्तै कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखी विरोध गर्ने र मंसिर २ गते २ बजे माइतीघर मण्डलामा सडक बहस गर्ने विद्यार्थी संगठनले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया