असार २४, २०८२ मंगलबार July 8, 2025

कालापानी सीमा अतिक्रमणबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेकपा सांसद खिमलाल भटराई प्रस्तावक र नेपाली कांग्रेसकी सरिता प्रसाईं समर्थक रहेको कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव राष्ट्रिय सभा बैठकमा बिहिबार दर्ता गरिएको छ।

‘नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा माननीय खिमलाल भटराई प्रस्तावक र माननीय सरिता प्रसाई समर्थक रहेको राष्टिय संकल्प प्रस्ताव दर्ता भएको जानकारी गराउँछु,’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बिहिबारको बैठकमा जानकारी गराए।
‘आजको संकल्प प्रस्ताव यसलाई हामीले राष्ट्रिय एकताका साथ निकास दिने हिसाबले अघि बढौं,’ भटराईले सो प्रस्ताव सभामा प्रस्तुत गर्दै भने।
त्यसलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रसाईंले त्यसको समर्थन गर्दै धारणा राखेकी थिइन्।

‘यो राष्ट्रिय मुद्दा भएकोले यसमा सबै एकजुट हुनुपर्ने हुँदा हामीले यसलाई संयुक्तरुपमा प्रस्तुत गरेका हौं,’ उनले भनिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार