कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको भन्दा ७९ दशमलव ३८ प्रतिशतले थोरै हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले चार करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४ दशमलव ९० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ७९ दशमलव ७७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २२ दशमलव १८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ छ भने जगेडा कोष ३२ दशमलव ०८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सापटी १४ दशमलव ०८ प्रतिशत घटेको छ भने निक्षेप १४ दशमलव ७५ प्रतिशत र कर्जा पाँच दशमलव २७ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ आठ पैसाले घटेर नाै रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ ।  डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने सम्झौताभएपछि गत वर्षको १७ पुस २०७७ देखि नाडेपको सेयर कारोबार रोक्का छ । – न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार