कार्तिक २८, २०८३ शनिबार November 14, 2026

कोरोना महामारी न्यून भएपछि ४ बजेसम्मै खुल्न थाले विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोभिड–१९ को संक्रमण दर न्यून हुँदै गएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकाका विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मै पठन पाठन सुचारु गरिएको छ । कोभिड–१९ को महामारीका कारण हालसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुल्दैआएका विद्यालयलाई आइतबारदेखि पूर्ववत् अवस्थामा सुचारु गराइएको हो ।

हाल कोभिड–१९ को महामारीको प्रभाव कम हुँदै गएको, महामारीका कारण शैक्षिक सत्र २०७८ नियमित समयभन्दा ढिलो सुरु भएको तथा बाँकी समयभित्र पाठ्याक्रमले निर्धारण गरेका सिकाई उपलब्धि पूरा गर्नुपर्ने दायित्व अनुसार विद्यालयलाई साबिकमै समय अनुसार खुलाउन सुरु गरिएको गाउँपालिकाका शिक्षा अधिकृत विनेशकुमार श्रेष्ठले बताए । दिउँसो ४ बजेसम्म पठन–पाठनका लागि शिक्षा शाखाले आइतबार सबै विद्यालयलाई पत्राचार गरेको जनाएको छ ।

सात वडा रहेको गाउँपालिकामा कोभिड–१९ को महामारीका कारण गत १० भदौदेखि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पठन–पाठनको व्यवस्था गरिएको थियो । त्यसअघि भने भर्चुअल कक्षा सञ्चालन गरिएको शिक्षा अधिकृत श्रेष्ठले बताए । ऐसेलुखर्क गाउँपालिकामा ८ मावि र ३५ आधारभूत गरी ४३ सामुदायिक तथा एक वटा संस्थागत विद्यालय छन् ।- न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार