काठमाडौंः हाल देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मंगलबार दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागहरुमा आंशिक बदली रही वाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने छ। राती देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने छ।
बुधबार दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भागहरुमा आंशिक बदली रही बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने छ। राती प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने छ।
बिहिबार दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ । राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया