श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेप्सेमा उच्च अङ्कको वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर रु पाँच अर्ब ५२ १६ करोड ५० लाख ८५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ ३४.३९, व्यापार ६३.४२, होटल तथा पर्यटन ७०.६, विकास बैंक १११.२४, जलविद्युत् १६४.२, वित्त ८२.३८, निर्जीवन बीमा १८८.२४, उत्पादन १२८.१५, अन्य १११.७६, लघुवित्त ८९.५५, जीवन बीमा २७०.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.५९ अङ्कले बढेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३७ करोड २६ लाख ८८ हजार ४९८ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३० करोड ४२ लाख १९ हजार ७९९, अपि पावर कम्पनी रु २३ करोड ३६ हजार ७३ हजार ४३५, लुम्बिनी विकास बैंक रु १८ करोड २४ लाख ८३ हजार र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रु १६ करोड ४३ लाख ३९ हजार २४९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । मङ्गलबारको कारोबार पछि बजार पूँजीकरण रु ३९ खर्ब १६ अर्ब ४४ करोड ७८ लाख ४८ हजार ३८३ बराबर पुगेको छ ।

आठ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार कारोबार भएका विभिन्न कम्पनीमध्ये आज आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो । नेपाल बङ्गलादेश बैंक, नेपाल दूरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो तामाकोशी, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै, विजय लघुवित्त २.३७, नेपाल एसबिआई बैंकको डिवेञ्चर २.३४, लक्ष्मी इक्विटी फण्ड १.७६, मिथिला लघुवित्त एक, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ०.९५ प्रतिशतले गुमाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार