श्रावण ५, २०८२ सोमबार July 21, 2025

एसियन लाइफले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः एसियन लाइफ इन्सुरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफा तथा सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दुई प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । यस कम्पनीले मंगलबार नै चालु आर्थिक वर्षको वित्तीय विवरणसमेत सार्वजनिक गरेको छ ।

कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी दुई अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया