काठमाण्डौंः नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो ।
विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ ।
प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जनाएको छ । विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया