असार २८, २०८२ शनिबार July 12, 2025

दसैं बिदामा घर गएका शिक्षक नफर्किएपछि वडा अध्यक्षले लगाइदिए विद्यालयमा ताला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कटारी नगरपालिका–१२ बसेरीस्थित जनमुखी माध्यामिक विद्यालयमा वडा अध्यक्षसहित अभिभावकहरूले गत आइतवार तालाबन्दी गरेका छन् । दसैं, तिहार बिदामा घर गएका शिक्षकहरू नफर्किएपछि उनीहरूले विद्यालयमा ताला लगाइदिएका हुन् ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेको विद्यालय दसैंअघि एक साता खुलेको थियो । चाडबाड सकिएर विद्यालय खुलिसक्दा पनि शिक्षक कर्मचारी नआएपछि बाध्य भएर ताला लगाएको अभिभावकहरूले बताएका छन् । चालु शैक्षिकसत्र असारबाट सुरू भए पनि विद्यार्थीहरूले वैशाखयता पढ्न पाएका छैनन् । लामो बिदापछि बिद्यालय खुले पनि शिक्षक नआएपछि बाध्य भएर बिद्यालयमा ताला लगाएको कटारी नगरपालिका–१२ का वडाध्यक्ष चन्द्रदीप पौडेलले जानकारी दिए । २०१७ सालमा बसेरीमा स्थापना भएको जनमुखी माध्यामिक विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।

दसैं तिहारको बिदापछि बिद्यालयका प्रधानअध्यापक तारणीप्रसाद चौधरीसहित नौ जना शिक्षक कर्मचारी आएका छैनन् । विद्यालयमा १६ जना शिक्षक कर्मचारी कार्यरत छन् । आधा भन्दा बढी शिक्षक नआएपछि बाध्य भएर तालाबन्दी गरेको वडाध्यक्ष पौडेलले बताए । विद्यालयमा अध्यायनरत विद्यार्थीको भविष्य बिग्रेएको भन्दै तालाबन्दी गरेको हो ।

विद्यालय सुधारका लागि बारम्बार छलफल गर्ने गरिएको र शैक्षिक गतिविधिलाई सुधार्न नगरपालिकासहित बसेर विभिन्न निर्णय गरे पनि प्रधानाध्यापक चौधरीले कार्यान्वयन नगरेको अभिभावकहरूको गुनासो छ । तालाबन्दीपछि विद्यालयमा अध्यायनरत करिब पाँच सय विद्यार्थी अन्योलमा परेका छन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार