कार्तिक २८, २०८३ शनिबार November 14, 2026

मदिरामा अन्तःशुल्क वृद्धि नगर्न व्यवसायीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मदिरामा सरकारले अन्तःशुल्क वृद्धि गर्दा विदेशबाट मदिरा आयात बढेको व्यवसायीले गुनासो गरेका छन् ।

अन्तःशुल्कमा हुने  वृद्धिले नेपालमा महँगो भई विदेशी मदिराको आयात बढेको व्यवसायीले बताएका छन् । मदिरा व्यवसायी संघ रुपन्देहीको सातौं अधिवेशन तथा १३औं साधारणसभामा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीलाई सरकारले पक्षपातपूर्ण व्यवहार गरेको गुनासो गरे ।

राज्यलाई कूल राजस्वको २५ प्रतिशत हाराहारी कर तिर्ने  मदिरा व्यवसायलाई सरकारले कुनै सुविधा नदिएको उनले बताए । ‘विदेशी मदिरा आयात बढ्नुमा नेपाली मदिरा महँगो हुनु हो । सरकारले अन्तःशुल्क बढाउँदा विदेशी मदिरासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ’, उनले भने ।

व्यवसायीहरूले अवैध घरेलु मदिराको कारोबारले मानव स्वास्थ्यमाथि खेलबाड र राज्यको कर गुमेको बताउँदै नियन्त्रण गर्न माग गरे । यस्तै कर प्रशासनले पनि व्यवसायीलाई दुःख दिने गरेको व्यवसायीको गुनासो छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत उद्धव अधिकारी, महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठ, महासचिव तारा ढुंगाना, महासंघका सल्लाहकार खिमबहादुर खत्री, दिनेश प्रसाद श्रेष्ठ, नेपाल व्यापार कर्मचारी संघका अध्यक्ष प्रितम गिरी, संघका जिल्ला अध्यक्ष शम्भु भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुर श्रेष्ठलगायतले व्यवसायीका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्यसमिति सदस्य, नगर संयोजकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष कृष्ण गौतम, महासचिव हिमालय भुसाल लगायतले बोलेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।- न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार