श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दै छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

एभरेष्टले लाभांश वितरण गर्न १ पुसमा आफ्नो केन्द्रिय कार्यालय लाजिम्पाटमा २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सो सभा बिहान १० बजे सुरू हुनेछ । सभामा जुममार्फत सहभागी हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको छ।

सभामा हाल कायम चुक्ता पुँजीको छ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करसहित गरी चार दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार