कार्तिक २८, २०८३ शनिबार November 14, 2026

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा कटुवाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः निर्माण व्यवसायी संघ इलामको  नवौँ अधिवेशनबाट सन्तोष कटुवाल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी डिल्ली खनालाई नौ मतले पराजित गर्दै कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

कटुवालले ९९ मत पाएका छन् भने खनालले ९० मत प्राप्त गरेका छन् । निर्वाचित भएपछि कटुवालले अध्यक्षको रुपमा अघि सारेको एजेण्डालाई कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाए । कटुवालले २०५२ सालदेखि निर्माण  व्यवसाय थालेका हुन् । उनी हाल विष्णु निर्माण सेवाका सञ्चालक हुन् । यसअघि उनी दुई पटक उपाध्यक्ष र एक पटक केन्द्रीय प्रतिनिधि भएका थिए ।

अध्यक्षमा बाहेक पदाधिकारीमा भने सर्वसम्मत चयन भएका छन् । संघको उपाध्यक्षमा निरोज राउत, सचिवमा वीरेन्द्र कार्की, सहसचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्वारोध चयन भएका हुन् । संघको कार्यसमिति सदस्यहरूमा नवीनकुमार तामाङ, मञ्जु कार्की, प्रकाशमान कडेरिया, सिजन देवान, सुजन अधिकारी र सूर्य कार्की निर्वाचित भएका छन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार